सामाजिक संजालबाट टाढा भए आमिर

एजेन्सी। लिउड नायक आमिर खानले आफूले सदाका लागि सामाजिक संजालबाट अलग भएकाे उल्लेख गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा सन्देश सार्वजनिक गर्दै आमिरले काममा अझै ध्यान दिनका लागि आफूले सामाजिक संजाल छाडेको जानकारी दिएका छन् ।

आमिरले आफ्नो जन्मदिनको शुभकामना दिने सबै फ्यानलाई धन्यवाद दिदै यही पोष्ट नै सामाजिक संजालका लागि अन्तिम हुने बताए । सामाजिक संजालबाट टाढा हुँदा आफ्नो कामलाई झनै ध्यान दिन पाइने र उत्कृष्ट काम गर्न सकिने जिकीर आमिरको छ । आमिरले सन् २०१८ मा इन्स्टाग्राममा एकाउन्ट खोलेका थिए । सामाजिक संजालबाट आमिरले आफ्ना विभिन्न जानकारीहरु दिदै आएका थिए ।  धेरै बलिउड कलाकारहरुले सामाजिक संजालमा नकारात्मक कुराहरु हाबी हुन थालेपछि यसबाट टाढा बस्ने निर्णय गर्दै आएका छन् । यसैकाे निरन्तरतास्वरुप आमीर खान पनि एक पात्र हुन् ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस