काठमाडाै । कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचार जारी रहेको नर्भिक अस्पतालले जानकारी दिएकाे छ । बुधबार बिहान ७ बजे अस्पतालले एक विज्ञप्ति उल्लेख गर्दै पूर्वमन्त्री समेत रहेका जोशीको अवस्था गम्भीर रहेको र हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको वताएकाे छ ।
‘फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ’, अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
उनको अवस्थाबारे भ्रामक समाचार प्रशस्तै आएका थिए । सामाजिक सन्जालमा मृत्युकाे खबरले चर्चा पाएकाे थियाे ।
प्रतिकृया दिनुहॊस