काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टम (Dristhi Eye Care System)सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टम ( Dristhi Eye Care System)बाट ओपिडि( OPD), विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँया बानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।
तपाईंको प्रतिकृया



