स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्ट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्ट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री