हिमालयन बैंकले ३१ सामुदायिक विद्यालयलाई बाँड्यो शैक्षिक सामग्री

काठमाडौं – हिमालयन बैंकले बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री बाँडेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सामग्री बाँडेको हो ।

हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा ‘एक घर एक बैंक खाता’ पहिलो अभियान पनि संचालन गरिएको छ । सो अवसरमा उक्त समाग्रीहरु विद्यालयहरुका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको बैंकको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री