ग्लोबल आइएमई बैंकले एकैदिन सञ्चालनमा ल्यायो ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले ईलामको ईलाम नगरपालिका वडा नं. -१, नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका वडा नं. -२, बन्दीपुर, रसुवाको गोसाँइकुण्ड गाँउपालिका वडा नं. -१, थुमन, तनहूँको भानु नगरपालिका वडा नं. -११, टुहुरेपसल, कैलालीको जानकी गाँउपालिका वडा नं. -७, मिलनचोक, लमजुङ्गको सुन्दर बजार नगरपालिका वडा नं. १-०, कोइरालाफाँट, बाँकेको खजुरा गाँउपालिका वडा नं. -६, सिमलघारी र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं.- ६, रतनमारेमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएकाे हाे ।

यस शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री