काठमाडौं । आज,आईतबार ६६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
संक्रमित मध्ये २ लाख ७० हजार ८८६ जना उपचारपछि निको भएका छन् ।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १० जना पुगेको छ।
तपाईंको प्रतिकृया




