काठमाडौँ । कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर दोस्रो चरणको अभियान शुरु गरिने भएको हो । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दैछन् ।
यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने छ ।
२० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ । यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाउने सरकारको तयारी छ ।
तपाईंको प्रतिकृया




