मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काभ्रेपलाञ्चोक । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन् ।

शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अंकमा आएको र कोभिड-१९ को प्रकोप पनि विस्तारै कम हुँदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताए ।

बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गालि गरेर बस्ने अवस्था नरहेको दाबी गरे । “अहिले बैंकको व्याजदर र आधारदर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ । अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनु पर्ने बेला आएको छ,” उनले भने ।

मुलुकभित्र लगानी मैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने धारणा राख्दै उनले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने बताए ।

उनले निर्वाचन पछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको जिकिर गरे । “निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने हुन्छ,” उनले भने । उनले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले शनिवार शुरु भएको काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे । जिल्ला/नगरका साना व्यवसायिहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैंमा पनि सक्षम रहेको बताउँदै उनले जिल्ला/नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैंसे गर्न महासंघको नयाँ नेतृत्व सँधै तत्पर रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोफा हब काठमाडौद्वारा ‘लक्की ड्र’ काे विजेता घोषणा

काठमाडौं । सोफा हब काठमाडाैंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार …

प्रतिकृया दिनुहॊस