काँग्रेस एकलै चुनाव लड्छ, कसैसँग मिल्दैन पूर्व मन्त्री बस्नेत

धनगढी ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बस्नेतले आफूहरू निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

सोमवार धनगढीमा प्रेस युनियनले कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचनमा जानुपर्ने अवस्था आए काँग्रेस पछि नपर्ने बताएका हुन् ।

‘चुनावमा जाने अवस्था आए हामी निर्वाचनमा जान्छौँ, प्रतिनिधिसभा पुन स्थापना भए पनि हामी स्वीकार गर्छौ’ उनले भने ।
निर्वाचनमा जाने अवस्था आए कुनै पनि दलहरूसँग सहकार्य नगर्ने समेत उनले स्पष्ट पारे । ‘कम्युनिस्टसँग हाम्रो सहकार्य हुँदैन’ उनले भने ‘काँग्रेस एकलै चुनावमा लड्छ र बहुमत ल्याउँछ ।’
देशभर बलात्कार हत्या जस्ता जघन्य अपराध बढिरहे पनि सरकारले घटनामा संलग्नहरूलाई पक्राउ गर्न नसकेको समेत उनले आरोप लगाए ।
‘कञ्चनपुरमा निर्मला र बैतडीमा भागरथीको बलात्कार पछि हत्या भयो तर, सरकारले दोषी पक्राउ गर्न सकेको छैन’ उनले भने ‘यो पनि सरकारको कमजोरी हो । ’
जनताले कम्युनिस्टलाई जिताएर दुई तिहाइ नजिकको सरकार बनेपछि देशमा सुशासन भन्दा बढी कुशासन भएको उनको आरोप थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री