झापा । झापा भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
आज दिउसो १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्तीले सिता दाहाललाई आक्रमण गर्दा उनी गम्भिर घाईते भएकी थिईन ।
गम्भिर घाईते भएकी उनलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




