छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । प्यूठान, सप्तरी र सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्यूठानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । सदरमुकाम खलंगाबाट मल्लरानी गाउँपालिका-२ चुँजाठाटीतर्फ जाँदै गरेको रा १ ह ५१४५ नम्बरको अटो दुर्घटना भएको छ ।

प्यूठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लका अनुसार बिहीबार रातीको दुर्घटनामा परी मल्लरानी ३ बर्बोटका ४० वर्षीय जनक परियारको मृत्यु भएको हो ।

उता सप्तरीको शम्भुनाथ नगरपालिका वडानम्बर ६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा कारले दिएको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२ज ४०४७ नम्बरको कारले स१०प २७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक कृष्णसावरन गाउँपालिका १ बस्ने ६५ वर्षीय बहुरी चौधरीको मृत्यु भएको हो । कार र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, सर्लाहीको गोडैता नगरपालिका १ बहादुरपुरस्थित नेपाल-भारत सीमा नजिकै ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०आर ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३०जीए ०७९६ नम्बरको टयाक्टर एक आपसमा ठोक्किएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सबार सर्लाहीको बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादवको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after