झापा । झापाको गौरादह नगरपालिका-४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
सोमवार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका-५ का ३४ बर्षीय होम प्रसाद उप्रेतीको झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




