इलाम। इलामको माईजोगमाई- ५ का पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको मृत्यु भएको छ ।
माइबेनी हाइड्रोपावरमा काम गर्ने २१ बर्षीय शेखर ढकाल र १८ बर्षीय प्रबिन ढकालको हाईड्रले बनाएको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा भाई डुबेपछि भाईलाई बचाउन गएका दाजु शेखरको समेत डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




