सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सीजीले नेपालमा भित्र्यायो बेलायती ‘नथिङ फोन टू’, यस्तो छ मूल्य र फिचर

बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक …

प्रतिकृया दिनुहॊस