काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
गएराति शिवराज नगरपालिका-१ चैनपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नम्बरको ट्रकले चैनपुर स्वर्गद्वारी गेट अगाडि पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट शिवराज-१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालकले प्रहरीसमक्ष बाक्लो हुस्सुका पैदलयात्रीलाई नदेखेका कारण दुर्घटना भएको बताएका छन् ।
तपाईंको प्रतिकृया




