वीरगञ्जबाट हराएका दुईजना बालक पटनामा भेटिए

वीरगञ्ज । शनिबारदेखि हराएका वीरगञ्जका दुई बालक भारतको बिहार राज्यको राजधानी सहर पटनामा फेला परेका छन् । वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) र वीरगञ्ज–४ विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मा पटनामा फेला परेका हुन् ।

वीरगञ्जकै गौतम स्कुलमा कक्षा ६ मा अध्यनरत दुवैजना बालक शनिबारदेखि बेपत्ता थिए । भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई पटनामा फेला पारेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीले जानकारी दिए ।

‘पटना पुगेका रहेछन्, भारतीय प्रहरीले फेला पारेर जसनपुर थानामा राखेको छ,’ प्रहरी निरीक्षक पुरीले भने, ‘गलत हातमा परेको भए समस्या हुन्थ्यो । समयमै समन्वय गरेर फेला पार्न सफल भएका छौं । अभिभावकको साथमा समन्वय गर्न प्रहरी पनि गएको छ ।’

बालकहरु भारततिर गएको हुन सक्ने आशंका सिसिटीभी क्यामेराको फुटेजबाट मिलेको थियो । उनीहरुलाई साईकल सहित बिहान १०ः५३ बजे सिगरेट फैक्ट्री रोडमा सुर्या हस्पिटल अगाडीबाट मालपोत चौक तर्फ गइरहेको सीसीटीभी क्यामेराको फुटेजबाट पत्ता लागेको थियो । त्यसैका आधारमा प्रहरीले भारततर्फ खोजी कार्य अघि बढाएको थियो ।

होम ट्युसन पढेर निस्केको छोरा घर नफर्केपछि तेजसको खोजी गरिएको र साथी प्रनेश पनि घरमा नभएको जानकारी मिलेको व्यवसायी जगरनाथ प्रसाद कलवारले बताए । आफन्त साथीभाइकोमा नभेटिएपछि खोजीका लागि प्रहरीको सहयोग लिइएको थियो ।

अनलाइनखबरबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्युको छ । भोजपुरको पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे …

प्रतिकृया दिनुहॊस