नेपाल बङ्गलादेश बैंकको लाभांश पारित

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २६ गते सम्पन्न भएकाे बैंकको २६औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको २.४२ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश र ६ प्रतिशतका दरले बोनस सेयर गरी सो ८.४२ प्रतिशत लाभांश पाउने बै‌कले जानकारी दिएकाे छ ।

बैंकको वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित कम्पनीको सभाकक्षमा जुम वेविनारमा सम्पन्न भएको हो ।

साे सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अर्ब पुर्याउने र जारी तथा चुक्ता पुँजीमा बोनस सेयर जारी भए अनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । आर्थिक वर्ष. २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को वार्षिक वित्तीयविवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो ।

जारी प्रेस विज्ञप्ति अनुसार बैंकले आ.व. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षक सुधिरकुमार शर्मा, एस एण्ड एस एशोसियटस्, चार्टर्ड अकाउन्टेन्टसलाई पुनःनियुक्ति गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्रभु बैंकलाई

काठमाडौं । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ प्रभु बैंक लिमिटेडले जितेको छ । प्रभु बैंकले …

प्रतिकृया दिनुहॊस