“मुक्तिनाथ विकास बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न”

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष  खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखे ।

साथै, बैंकले कोरोना  (COVID-19) महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस