सिटिजन्स बैंकको मनछुने भिडियो (भिडियो सहित)

काठमाडौं । सिटिजन्स बै‌‌कले भर्खरै नयाँ भिडियाे सावर्जनिक गरेकाे छ । साे भिडियाेमा आमा र छाेरीलाइ प्रस्तुत गरिएकाे छ ।  मनछुने गरी प्रस्तुत गरिएकाे भिडियाेमा सन्तानकाे प्रगति देख्न अभिभावक कति  आतुर हुन्छन् त भनेर देखाइएकाे छ।

तथापि  सबै सन्तान किन सफल हुँदैनन् त भनेर अभिभावकले साेच्न आवश्यक रहेकाे सन्देश  भिडियाेले दिएको छ ।

बैंकले प्रस्तुत गरेकाे उक्त भिडियोमा  नेहा नाम गरेकी एकजना पात्र हुन्छिन्, जसलाई ‘कुकिङ’ मा निकै रुची हुन्छ । मिठो मिठो खाने रुचीकै कारण घरमा बसेरै उनी निकै राम्रो कुक बनिसकेकी हुन्छिन् । तर उनकी आमाले भने याे कुरा बुझ्न सक्दिनन् । नेहालाइ उनकी आमाले बारम्बार हतोत्साहित गरिरहेकी हुन्छिन् ।

उता नेहा भने आफ्नो कलालाई सामाजिक सञ्जालबाट प्रचार गरिरहेकी हुन्छिन् । उनको यो कलालाई देखेपछि उनीले बनाएका परिकार खान चाहनेको संख्या बढ्दै जान्छ । उता उनकी आमालाई आफ्नी छोरीको क्षमता त्याेबेला थाहा हुन्छ, जतिबेला अरुको मुखबाट नेहा चर्चा सुन्छिन । अन्तत छाेरीको क्षमतालाई बुझेपछि उनले छोरीकै नाममा ‘नेहा रेष्टुरेन्ट’ सन्चालन गर्छिन् ।

रेष्टुरेन्ट’ सन्चालनमा सिटिजन्स बैंकले ऋण सहयोग गरेको हुन्छ । याे भिडियाेले अभिभावकलाइ आफ्ना सन्तानकाे क्षमतालाइ नजरअन्दाज नगर्न र सहयाेग गर्न प्रेरित गरेकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस