प्रभु बैंकले जिल्ला अस्पताल इलामलाई गर्यो आर्थिक सहयोग

काठमाण्डौ । प्रभु बैंक लि. को ईलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु.पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एक समारोहका बीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु.पाँच लाखको चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्माचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।

प्रभु बैंक लि. को आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ ।

 

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा ‘एभरेष्ट बैंक’ को चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा …

प्रतिकृया दिनुहॊस