सुनकाे भाउ बढेकाे बढ्यै

काठमाण्डौ । सुनको भाउ लगातार उकालो लागेकाे छ । यसै क्रममा आज बुधबार पनि बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बृद्धि भएकाे छ। आज प्रतितोला फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँ  भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९६ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यो सातामात्रै सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि चाँदीको भाउ १० रुपैयाँले बढेर १ हजार ३३५ रुपैयाँ पुगेको थियो। गएकाे आइतबार स्थिर रहेको चाँदीको भाउ सोमबार भने तोलामै २५ रुपैयाँ बढेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री