काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.-०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.-०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.-०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.-११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.-१०, माईधारा ,झापा जिल्लाकै कन्काई न.पा.-०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।
तपाईंको प्रतिकृया




