बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

बाँके  । बाँकेमा अस्पतालमा उपचाररत  थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ  । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको छ  ।

बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति  १० बजे मृत्यु भएको हो । उनमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका-२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । उनी पुस ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको हो ।

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका-९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति  १० बजे  बाँकेमै मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री