पठाओको कार्यालयमा तोडफोड

काठमाडौं ।पठाओको कार्यालयमा तोडफोड भएको छ । कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।

राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् ।

राइडरहरुले कम्पनीलाई अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन दबाव दिँदै आएका छन् । अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री