विश्वब्यापी फाइभजी अनुभवलाई अझ माथी उकास्न ओपोद्वारा भारतमा फाइभजी ईन्नोभेशन ल्याबको स्थापना

चीन । ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि आफ्नो हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको छ ।

फाइभजीको ब्यवसायीकरण तथा तिब्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिती दर्साउने यो पहल ओपोका लागि निकै महत्वकांक्षी कदमका रुपमा रहेको छ ।

“ओपोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ । भारतमा फाइभजी ल्याबको स्थापनासंगै फाइभजी ईकोसिस्टमका लागि अत्यावश्यक मुलभूत प्रविधिहरुको निर्माण हाम्रो प्रमुख उद्देश्य हो”, ओपो रिचर्स ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने, “ साथै हाम्रा पार्टनर्सहरुका साथमा औद्योगिक रुपान्तरणलाई थप अगाडी बढाउन यसले उल्लेख्य तेवा पु¥याउने हाम्रो विश्वास छ ।”
विकास अग्रसर ओपोको यो कदमले ब्राण्डद्वारा भरखरै घोषित थ्री+एन+एक्स रणनीतिको सटिक प्रतिनिधित्वपनि गरेको छ ।

जहाँ “एन”ले फाइभजी, एआई र कनेक्टिभिटी लगायत आवश्यक दक्षता÷क्षमताको प्रतिनीधित्व गर्छ । स्थापित नयाँ ल्याबले यावत् क्षेत्रहरुमा प्राविधिक क्रान्तिका लागि सुधारोन्मुख कार्य गर्नेछ ।

फाइभजी क्षेत्रकै एक सक्रिय कम्पनीका रुपमा ओपोले फाइभजी मानक, उत्पादन विकास, एप्लिकेशन विकास तथा नवप्रबर्तनका क्षेत्रमा उल्लेखनिय योगदान दिँदै आइरहेको छ ।

सन् २०१५मा एकिकृत थ्रीजीपीपी मानकका लागि ग्लोबल पुश गर्ने ओपो नै एक मात्र कम्पनीका रुपमा रहेको थियो । सन् २०२०को सेप्टेम्बरसम्म आईपुग्दा ओपोले तीन हजार भन्दा बढी थ्रीजीपीपीका लागि फाइभजी मानक सम्बन्धि प्रस्तावना पेश गरिसकेको छ । साथै, १ हजार फाइभजी मानक प्याटेन्ट फेमिलिज् ईटीएसआईका लागि घोषणा गरिसकेको छ ।

जापानी रिसर्च ईन्ष्टिच्यूशन एनजीबी कर्पोरेशनका अनसार फाइभजी प्याटेन्ट फेमिलिज घोषणा गर्ने कुरामा ओपो वैश्विकस्तरमै दश अग्रणी कम्पनी मध्यको एकमा पर्दछ ।
वैश्विक बजारमा फाइभजीको ब्यवसायिकरणलाई तिब्रता दिन ओपोले एरिक्शन र क्वालकम जस्ता औद्योगिक क्षेत्रमै अग्रणी पार्टनर्सहरु संग नजिक रही सहकार्य अघि बढाइरहेको छ ।

यस बर्ष कम्पनीले स्विट्वरल्याण्डमा कमर्शियल स्ट्यान्डअलोन फाइभजी नेटवर्क मार्फत भ्वाइस तथा डाटा कल्स गर्ने कार्यमा सफलता पनि हात पारिसकेको छ ।

यसका साथै, ओपोले भारतबाट पहिलो फाइभजी ह्वाट्सएप कल गर्ने कार्यमा पनि सफलता हात पारिसकेको छ । हालको दिनसम्म आईपुग्दा ओपोले विश्वभरका ५० भन्दा बढी संस्था संग फाइभजी सेवा उपलब्ध गराउनका लागि सहकार्य गरिरहेको छ ।

प्राविधिक उपलब्धिको सम्वाहकका रुपमा आफ्नो बर्तमान अवस्थालाई थप विकसित गर्दै र अभुतपूर्व नवप्रबर्तनका लागि आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै ओपोले विशेषतः क्यामेरा, उर्जा तथा ब्याटी र परफरमेन्स समर्पित थप तीन फञ्शनल ल्याब भारतमा सञ्चालनमा ल्याउने तयारीपनि गरेको छ ।

विश्वभरका आफ्ना प्रयोगकर्ताका लागि यी ल्याबले नवप्रबर्तनात्मक तथा अत्याधुनिक प्रविधि विकास गर्ने कार्यमा आफ्नो ध्यान केन्द्रित गर्ने जानकारी दिइएको छ ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको …

प्रतिकृया दिनुहॊस