कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच “कर्पोरेट पे” सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौता पत्रमा   नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।

यस सेवा मार्फत कर्पोरेट ग्राहकले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने छन् ।

बैकले सो सम्झौता पश्चात यो सेवा कर्पाेरेट गा्रहका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड-१९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री