बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस