काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
पुस १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस र ०.७१०५ प्रतिशत नगद (कर समेत) गरी कूल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने जनाइएको छ ।
तपाईंको प्रतिकृया




