सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा बुद्धशान्ति झापामा

झापा । सनराइज बैंकले झापा जिल्लाको बुबुद्धशान्ति गाँउपालिका–६ शान्तिनगर गौंडामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकले बुद्धशान्तिको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुनिल बस्नेतलार्ई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५६ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री