२४ घण्टामा थपिए ७ सय २२ जना कोरोना संक्रमित

काठमाडौं । आज  मंगलबार ७ सय २२  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ४५ हजार ७०९ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १७ सय ९८ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री