काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
मंसिर २९ गते बिहान बसेको सञ्चालक समितिको बैंठकले आफ्ना सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर तथा २.२५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ७.५० प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।
तपाईंको प्रतिकृया




