भारतमा कोरोनाबाट २४ घण्टामा ३३६ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३३६ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४३ हजार ३५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २७ हजार ७१ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९८ लाख ८४ हजार १०० पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ९३ लाख ८८ हजार १५९ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३० हजार ६९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा ३ लाख ५२ हजार ५८६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल १५ करोड ४५ लाख ६६ हजार ९९० नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ लाख५५ हजार १५७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री