काठमाडौं । आज बुधबार थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ३० हजार ५३७ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १६ सय ५१ जना पुगेको छ।
प्रतिकृया दिनुहॊस