सर्वोच्च शिखर सगरमाथाको नयाँ उँचाइ सार्वजनिक आज

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको नयाँ उँचाइ आज सार्वजनिक गरिदै छ । नेपाल र चीनले गरेको मापनबाट आएको नयाँ उँचाइलाई संयुक्त रूपमा एकैपटक सार्वजनिक गर्ने कार्यक्रम तय भएको नापी विभागले तयारी गरेको छ ।

सगरमाथाको नयाँ उचाई संसारलाई एकैपटक जानकारी दिन भर्चुअल रूपमा कार्यक्रम गरिने तयारी भइरहेको छ । हाल कायम ८८४८ मिटरको सगरमाथाको उँचाइमा विस २०७२ को भूकम्प र समुद्री सतहमा भएको फेरबदलका कारण परिवर्तन आएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिलेको सगरमाथाको उचाई यसअघि सन् १९५४ मा सर्वे अफ इण्डियाले गरेको मापनलाई मान्यता दिइँदै आइएको छ । सगरमाथाको उँचाइ आफैंले मापन गर्न नेपाल सरकारले नै २०७५/७६ देखि शुरुवात गरेको थियो । सरकारले यसका लागि सरकारी टोलीले विभिन्न विधिबाट सगरमाथाको चुचुरोमा नै पुगेर उँचाइ मापन गरेका हुन् । आजको सगरमाथाको उचाइ सार्वजनिक गर्ने कार्यक्रम पौने २ बजेदेखि शुरु हुने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री