काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एन आई सी एशिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया




