काठमाडौं । कामना सेवा विकास बैंकले लोक गायक सुरेश गन्धर्बलाई उपचारका लागि ५० हजार सहयाेग गरेकाे छ ।
बैंकले सामाजिक सुरक्षा उत्तरदायित्व मार्फत ५० हजारकाे चेक हस्तानतरण गरेकाे हाे ।
सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान- ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका थिए ।
सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट पिडित रहेका छन् ।
तपाईंको प्रतिकृया




