काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार २५० कायम भएको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य भने स्थिर रहदै प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




