भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार नाघ्यो

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४८२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४० हजार १८२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ११ जना संक्रमित पुष्टि भएको छ ।

यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९६ लाख ४४ हजार २२२ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ९१ लाख ७९२ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ४१ हजार ९७० जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा ४ लाख ३ हजार २४८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १४ करोड ६९ लाख ८६ हजार ५७५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख १ हजार ६३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री