काठमाडौं । एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको आम्दानी एक वर्षमा ३७ लाख रुपैयाँले बढेको छ।
एक वर्षको अवधीमा न्यौपानेको तलब सुविधा ३७ लाख रुपैयाँले बढेको हो ।
अघिल्लो वर्ष न्यौपानेको कुल तलब सुविधा र नाफाबाट बोनस गरी २ करोड १३ लाख रुपैयाँ बुझेका थिए। गत वर्ष भने न्यौपानेले २ करोड ५० लाख रुपैयाँ बुझेका छन्।
त्यस्तै न्यौपानेले भत्तासहित कुल वार्षिक तलब बापत एक करोड ८० लाख रुपैयाँ बुझेका हुन्। यसबाहेक उनले कर्मचारी बोनस बापत ७० लाख ५९ हजार रुपैयाँ प्राप्त गरेका छन्।
सवारी साधनमा लाग्ने ड्राइभर, बीमा, कर, मर्मत सम्भार लगायतका खर्च बैंकले प्रदान गरेको छ। साथै उनले टेलिफोन खर्च पनि प्राप्त गर्दछन्।
तपाईंको प्रतिकृया




