आज थप १३ सय ४ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज मंगलबार थप १३ सय ४  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ४  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख १६  हजार ५९४ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १५ सय  २९ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री