काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने भएको हो ।
मंसिर १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत तथा बैंकको साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।
तपाईंको प्रतिकृया




