आज सोमबार थप १४ सय ७४ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  सोमबार थप  १४ सय ७४ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप१४ सय ७४  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३  हजार ४५२  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट २९  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख १४  हजार ५२१ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ५०८ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री