फुटबल स्टार डिएगो म्याराडोनाको निधन

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षका म्यारोडनाको हृदयघातका कारण निधन भएको हो ।

अर्जेन्टिनी मिडियाहरुका अनुसार उनी केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । तर, उपचार गरेर घर फर्किएका म्याराडोनाको ​आफ्नै घरमा निधन भएको हो । यसअघि मस्तिष्कमा रगत जमेपछि उनी अस्पताल भर्ना भएका थिए ।

फुटबलमा अहिलेसम्म राम्रा फुटबलरका रुपमा चिनिएका म्याराडोनाको अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका थिए । उनले बोका जुनियर्स, नेपोली र बार्सिलोनाका लागि पनि फुटबल खेले । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस