काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष सुदिप आर्चायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शुभकामना आदन प्रदान गरी बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न भएको हो ।
आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि. डि. एस. एन्ड क्लियरिङ लि, बि. ओ. के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकज्युहरु, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरे ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कोभिड-१९ को कारण बैंक तथा वित्तीय संस्थाहरुमा पारेको प्रभाव र यस अवस्थामा बैंकले कर्मचारी तथा ग्राहक महानुभावहरुको सुरक्षाको लागि अपनाएका विधि प्रक्रियाहरुको बारेमा प्रष्ट पारे ।




