ग्लोकल टीन हीरो मार्फत किशोर किशोरीहरूका लागि छात्रवृत्तिको अवसर

काठमाडौं । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो । यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिनेछ ।
ग्लोकलले देशभरका किशोरकिशोरीहरूबाट अधिख संख्यामा आवेदनहरू प्राप्त गरिरहेका छ र उनिहरुले नबिनतम कार्यहरुमा प्रभावकारी सोच लिएर समाज तथा राष्ट्रको हितका लागि अग्रसर देख्दा ग्लोकल हर्सित रहेको कुरा आयोजकले बताएका छन। आवेदन प्राप्त पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेजको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन । विजेताहरू मात्र नभएर, मान्यता प्राप्त २० अन्डर २० किशोरकिशोरीहरु तथा फाइनलिस्टहरूलाई उनीहरूको शैक्षिक यात्रालाई सहज र समर्पणको साथ अगुवाई गर्न छात्रवृतिको अवसर प्रदान गरिनेछ । ग्लोकल टीन हीरो किशोरकिशोरीहरुका लागि अवसरहरू अन्वेषण गर्ने प्लेटफर्म हो, उनिहरुले ग्लोकल टीन हीरो परियोजनाका साझेदार भएका प्रमुख शैक्षिक संस्थाहरूबाट शैक्षिक यात्राको नेतृत्व गर्ने अवसरहरू पनि लिन सक्छन ्। विभिन्न साझेदारहरू र सहयोगीहरू जीटीएच नेपालसँग सम्बन्धित छन् र प्रत्येक पार्टनरले यस कार्यलाई पूरा हृदयले समर्थन गरिरहेका छन । यो छात्रवृत्तिहरु मार्फत उदीयमान र महत्वाकांक्षी किशोरकिशोरीहरुलाई एक सकारात्मक दृष्टिकोण को बिकासगरी उनिहरुमा क्यारियर लक्ष्यहरुलाई प्राप्त गर्न मार्गनिर्देशन गर्ने पनि लक्ष्य रहेको छ । जसका लागि ग्लोकलले चेल्सि इन्टरनेष्नल स्कुल, किग्ंस कलेज तथा दि ब्रिटिश कलेज वटा बिभिन्न तहका छात्रवृति उप्लब्ध गराउने भएको छ ।
किशोर किशोरीहरुलाई आउँदो दिनमा उनीहरूको शिक्षा सपनाहरुमा बाँच्न एक निश्चित प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ र उनीहरूको विकास समृद्धि गर्न प्रशस्त अवसरहरू प्रदान गर्ने पनि कार्यक्रम को मुख्य उद्देस्य रहेको कुरा आयोजकले बताएका छन ।
ग्लोकल प्रा. ली. का कार्यकारी निर्देशक आशिष ठाकुर भन्नु हुन्छ –“ शैक्षिक क्षेत्रमामात्र अब्बल नभएर सामाजिक रुपान्तरन एवम प्रभाबकारी काम गर्ने किशोरकिशोरीहरु ग्लोकल टीन हिरोमा अवेदन दिन योग्य रहन्छन । यद्यपि हामी उनीहरूको शैक्षिक यात्रालाई अधिक व्यावहारिक र सीपमूलक बनाउन छात्रवृत्ति प्रदान गर्ने कुरामा साकारात्मक छौ ।”
ग्लोकल टीन हीरोको पाँच बर्षको अन्तरालमा धेरै किशोरकिशोरीहरू यस कार्यक्रमको हिस्सा बनेका छन् र उनीहरूले प्राप्त गरेका सीपहरूको उपयोग गरेर विभिन्न अभियानहरू, परियोजनाहरू सहित समाज र देशमा ठूलो प्रभाव सिर्जना गर्न स्थायी रूपमा काम गरिरहेका छन् । ग्लोकल टीन हीरो परियोजना किशोर किशोरीहरूको लागि एक विशेष अवसर हो, र अन्तिम म्याद भन्दा अघि किशोरकिशोरीहरूलाई यस बर्षको ग्लोकल टीन हिरो नेपालमा अवेदन भर्न आह्वान गरिन्छ ।
विविध क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले जततउकस्ररलभउब।िनयिअबतिभभलजभचय।अयmर मार्फत आबेदन भर्न सक्ने छन । आवेदन भर्ने अन्तिम मिति नोवेम्बर १४ भनि घोषणा गरिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस