एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ।
कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए। मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् ।बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ४४ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ३७ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा विजेता हुन २७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ।
तपाईंको प्रतिकृया




