बुधबार तोलामा ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ ।बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ९ सयले बढेर प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि  मंगलबार छापावाला सुन तोलाको रु९५ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला  ९५ हजार ८  सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार २०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री