काठमाडौं । विश्वभर ४ करोड ७८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ८४ हजार ११४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ७८ लाख ४४ हजार ३४७ पुगेको हो ।
यस्तै एकैदिन थप ८ हजार १९७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख २० हजार २१० पुगेको छ । । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आज बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या ३ करोड ४३ लाख ५१ हजार ८४६ पुगेको छ ।
तपाईंको प्रतिकृया




