काठमाडाैं ।नेपाल प्रहरीले लागूऔषध गाँजासहित ३ जनालाई काठमाडाैं गोगंबुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका–६ का २२ वर्षीय राहुल लम्साल, धादिङ गल्छी गाउँपािलका–१ का २५ वर्षीय इश्वर मगर र पाँचथर हिल्याङ गाउँपालिका–६ का १९ वर्षीय गणे मैनाली रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



